सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने

ज्ञानमाण्डू।। नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा  आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘ पर्यटन वर्ष २०२० ’ लाई सफल बनाउन सहयोग पु¥याउने बताए । नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरेका छन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख (१ लाख ) पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए । सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरेका छन् । 

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्ग लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंक गरि कुल दश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्घनमा सवैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दश ट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x