सिन्धु विकास बैंकले चैत ९ गते बोलायो साधारण सभा

ज्ञानमाण्डू।सिन्धु विकास बैंक लिमिटेडले चैत ९ गते, सोमबारका दिन ११ औ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको सो सभा बिहान १०:३० बजे पश्चात् आगन्तुक रिसोर्ट प्रा. लि., बनेपा, काभ्रेपलाञ्चोकमा आरम्भ हुने बैंकले जानकारी दिएको छ। बैंकको फागुन १६ गतेका दिन बसेको सञ्चालक समितिको ३०९ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

विशेष प्रस्तावमा बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले यही फागुन २८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ फागुन २७ गतेका दिन महाशिवरात्री परेको हुनाले फागुन २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x