के तपाइँलाई तेह्रथुम पावरको आईपिओ परेको थियो ? हेर्नुहोस् कतिमा हुँदैछ पहिलो कारोबार


ज्ञानमाण्डू।तेह्रथुम पावर कम्पनी लिमिटेडकाे ओपनिङ्ग रेञ्ज नेप्सेले न्युनतम ८४ रूपैयाँ ७४ पैसा देखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म निर्धारण गर्न सक्ने सम्भावना रहेकाे देखिन्छ । अर्थात् सोही रेञ्जभित्र रहेर तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार हुने देखिन्छ । 


नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेकाे विवरण पत्र अनुसार तेह्रथुम पावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को वास्तविक प्रतिशेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हरेक कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीकाे प्रति शेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।यहि विषयलाई आधार मान्दा, तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबारको रेञ्ज न्युनतम ८४ रूपैयाँ ७४ पैसा देखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म हुन सक्ने सम्भावना रहेकाे देखिन्छ । 

तर, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले तेह्रथुम पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार ओपनिङ्ग रेञ्ज भने तोक्न अझै बाँकी नै रहेको छ । नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज साथै उक्त कम्पनीको प्रतीक चिन्ह पनि निर्धारण गर्ने छ। 

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत भाद्र ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ४४ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। तेह्रथुमको आइपीओमा कुल २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकामा ८ हजार ८२० जनाको आवेदन रद्द भएको थियो जसमा गोलाप्रथामार्फत कुल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x