मोराटाको निर्णायक गोलमा एट्लेटिको मड्रिडको विजयी सुरुवात

ज्ञानमाण्डू।स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । एट्लेटिकोले गेटाफेलाई १–० गोल अन्तरले अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा एट्लेटिको मड्रिडको जितमा अल्भारो मोराटाको महत्त्वपूर्ण भूमिका रह्यो । मोराटाको निर्णायक गोलमा एट्लेटिको मड्रिडले आफ्नो सुरुवाती जित निकाल्न सफल भएको हो ।

खेलको २३ औ मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई जित दिलाए । जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली गेटाफे १० खेलाडीमा समिति बनेको थियो । ४२ औ मिनेटमा रिनन लोनी दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि एट्लेटिको समेत १० खेलाडीमा झरेको थियो । उनले एक मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाएका थिए ।
५६ औ मिनेटमा मोराटा पेनाल्टीमा चुकेपछि एट्लेटिकोले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । गेटाफेले जवाफी गोल फर्काउन नसक्दा, मोराटाकै गोलबाट एट्लेटिको मड्रिडले १-० गोलको अग्रता बनाउँदै जीत हात पार्न सफल भयो । जितसँगै एट्लेटिकोले ३ अङ्कबाट सिजनको सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x