Nabil Gen-N एक सफल बचत खाता

ज्ञानमाण्डू।सम्पूर्ण देशनै कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा आफ्ना ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले “Nabil Gen-N Account” ल्याएको जानकारी दिएको छ ।

“Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकले जनाएको छ ।उक्त योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरेको नबिल बैंकले उल्लेख गरेको छ । यसमा 2 GB Data Package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बैंकले थप जानकारी दिएको छ ।

यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen-N Account” खोलि यस खाताको लाभ लिई ढुक्क हुन नबिल बैंकले आफ्ना ग्राहक वर्गलाइ आग्रह गरेको छ।

साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउँदा बैंक गौरवान्वित भएको छ र आफ्ना ग्राहकहरुप्रती हार्दिक आभार प्रकट गर्न चाहेको कुरा नबिल बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x