सनराइज बैंकद्वारा श्वेता श्री फाउंडेशन (एसएसएफ)लाई ५ लाख सहयोग

ज्ञानमाण्डू। सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको जनाएकाे छ।



शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै फाउंडेशनले गरेको कामको प्रशंसा गरेका छन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको कुरा बताउदै आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाएका छन् । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाइन् ।

सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x