नबिल व्यालेन्स्ड फण्ड २ द्वारा आफ्ना इकाईधनीहरुलाई ३५% लाभांश दिने घोषणा


ज्ञानमाण्डू। नबिल बैंक लिमिटेड प्रवर्द्धक रहेको तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी म्युचुअल फण्ड योजना नबिल ब्यालेन्सड् फण्ड २ (NBF2) ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई योजना प्रतिफल (लाभांश) दिने भएको छ। उक्त योजनाले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ का निम्ति ३५% नगद लाभांश (कर सहित) वितरण गर्ने जनाएको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको मिति २०७८ भाद्र २२ गते साँझ ५ : ४५ बजे बसेको संचालक समितिको ९४ औं बैठकले उक्त निर्णय गरेको हो।

कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई कुल योजनाको आकार रु.१ अर्ब १२ करोडको ३५% अर्थात रु.३९ करोड २० लाख (कर समेत) लाभांश वितरण गर्न लागेको हो।

श्रावण मसान्त सम्ममा फण्डको प्रति इकाई खुद मुल्य रु.१८.८७ रहेको छ भने भाद्र १७ सम्ममा प्रति इकाई खुद मुल्य रु.१८.०५ कायम रहेको छ। हाल भाद्र २२ गतेको कारोबार अनुसार बजार प्रति इकाई मुल्य रु.१४.९९ रहेको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x