प्रभु बैंक र हेफर इन्टरनेशनल नेपाल बिच महिला उद्यमी तथा साना किसानहरूका लागि मुल्य श्रृंखलामा लगानी सम्बन्धि सम्झौता



ज्ञानमाण्डू। २०७९ श्रावण ५ गते बिहिबार प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । हेफर इन्टरनेशनल एसियाका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका
बैंकले जनाएकाे छ ।

 
सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारी को मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको
बैंकले जनाएकाे


उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आबद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउने कम्पनीले जनाएकाे छ । 

 

साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६२ जिल्लामा रहेका २१६ शाखा कार्यालयहरु ६३ एक्स्टेन्सन काउन्टर तथा १९४ ATM सहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको बैंकले जनाएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x