सानिमा माई हाइड्रोपावरको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव, हेर्नुहोस् कहिले हुँदैछ बुक क्लोज

ज्ञानमाण्डू। सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र २४ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको २२३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १०.५२६३ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

हाइड्रोपावरको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार रुपैँया बराबरको बोनस शेयर र  र सोको कर प्रयोजनार्थ सहित ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैँया बराबरको नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा सानिमा माई हाइड्रोपावरले १० प्रतिशतले हुन आउने बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।

यसका साथै सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारण सभा यहि मिति २०७८ कात्तिक ११ गते गर्ने भएको छ। कम्पनीको १० औँ वार्षिक साधारण सभाको प्रयोजनका लागि सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले मिति २०७८/०६/१८ गते एक दिनका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०६/१७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x