ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन


ज्ञानमाण्डू।
ज्योति विकास बैंकले २०७९ साल असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको
बैंकले जनाएकाे छ


मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको
बैंकले जनाएकाे छ

 
साथै, गोदावरी नगरपालिका वडा नं.२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट र बैंकका संस्थापक शेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा गरेको
बैंकले जनाएकाे छ


उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको
बैंकले जनाएकाे छ

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको
बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x