आम्दानीको स्रोत बन्यो खोलाको खेती

ज्ञानमाण्डू।खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी (साग) उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँ अनुसार यसको नाम भने फरक फरक हुने गरेको छ । कसैले यसलाई ‘सीम साग’ पनि भन्ने गर्दछन् । 

गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एक पटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् । फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्णरूपमा जैविक हुने भएकाले बजारमा खोले सागको माग धेरै नै रहेको कृषक नारायणी पुन बताउँछन् । घर छेउकै घोराहीको सेवार खोलामा उनले सागको खेती गरेका छन् । “अन्य तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन्”, पुनको भनाइ छ । रोगले पनि नसताउने, हेरचाह धेरै गर्नु नपर्ने भएकाले खोले साग खेती गर्ने गरेको उनले बताए । मौसममा मासिक आठदेखि १० हजारसम्मको व्यापार गर्ने गरेको पुनले बताए । 

जिल्लामा रहेका दर्जनौँ खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न सकिन्छ । खोले सागको खेतीबाट हरेक दिन धेरैले आफ्नो दैनिक गर्जो समेत टार्ने गरेका छन् । साग बिक्रीबाट दैनिक करिब एक हजार आम्दानी हुने कृषक जयसरी केसी बताउँछन् । अन्य खेती गर्नका लागि गर्मी मौसम अनुकूल नभए पनि खोले सागको खेतीले दैनिकी चलेको केसीको भनाइ छ । एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकाले यसको खेती गर्ने किसान बढ्दै गएको केसीले बताए। “एक पटक काटेपछि खरानी तथा गाई भैँसीको गोबर मल प्रयोग गरी यसको उत्पादन बढाउँछौँ तर कसैले उत्पादन बढाउने नाममा युरिया मल प्रयोग गर्ने गरेका छन्”, केसीको भनाइ छ । अहिले कटुवा खोला तथा चमै सोतामा मात्रै करिब ५० कृषकले यो साग रोपेको उनले जानकारी दिए । “साग खरिद गर्ने ग्राहक घरमै खोज्न आउनुहुन्छ, २० रुपैयाँ मुठामा बिक्री गर्छौ”, केसीको भनाइ छ । 

दाङमा उत्पादन हुने यो साग बुटवल, नेपालगञ्जलगायतका सहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । दाङको कटुवा खोला, सेवार खोला सङ्ग्राम खोला र अन्य थुप्रै खोलामा यस प्रकारको साग उत्पादन हुन्छ । कात्तिक, मङ्सिरमा रोपेको साग फागुन महिनादेखि बिक्री वा खानका लागि तयार हुन्छ भने वैशाख, जेठसम्म निरन्तर उत्पादन हुने गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x