आज देखि इष्टर्न हाइड्रोपावरले भोजपुर जिल्लाका बासिन्दाहरूका लागि आईपिओ निष्काशन गर्दै

Eastern Hydropower Limited

ज्ञानमाण्डू। इष्टर्न हाइड्रोपावर लिमिटेडले भदाै ७ गते (आज) देखि आईपिओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि आईपिओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम १० कित्ता र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख तोकेको छ। सो कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित दरले ६ लाख २० हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकाे छ ।

सो कम्पनीको शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) भदाै २१ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा असोज ५ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x