बुटवलमा ढुवानी ग्राम निर्माण हुने

ज्ञानमाण्डू।बुटवलमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ‘ढुवानी ग्राम’ निर्माणको सुरुआत भएको छ । 

बुटवल उपमहानगरपालिकाले वडा १२ नयाँगाउँमा ग्राम बनाउने कार्य अगाडि बढाएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गुरुयोजना बनाइ ग्रामको काम सुरु भएको जानकारी दिए । 

ग्राम निर्माणका गर्न उपमहानगरपालिका र रुपन्देही परि वहन प्रालिबीच हालै सम्झौता समेत भएको थियो । एक वर्षको अवधिभित्र नै तोकिएका सेडहरु निर्माण गर्ने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । 

गुरुयोजना अनुसार ग्रामको कूल अनुमानित लागत रु २३ करोड २४ लाख ७९ हजार ६७४ रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । सेड निर्माणको अनुमानित लागत प्रति सेड रु २६ लाख ३२ हजार ३२० का दरले ४९ सेडको रु १२ करोड ८९ लाख ८३ हजार ६८० रहेको छ । 

निर्माण हुने एउटा सेड एक हजार ५५० वर्ग फुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्ग फुट दुई रुपैयाँका दरले रु तीन हजार १०० हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौतामा उल्लेख छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x