महिला क्रिकेट खेलाडीको कोरोना बीमा

ज्ञानमाण्डू। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ ।

यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ५१ जनाको बीमा गरेको थियो । कोरोना सङ्क्रमणको त्रास बढ्दै गएको अवस्थामा क्यानले खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यान कार्यालयका कर्मचारीको यस अघि बीमा गरेको हो । बीमा गरिएका महिला खेलाडीको नाम भने क्यानले सार्वजनिक गरेको छैन ।

पहिलो चरणमा पुरुष खेलाडी, मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेपछि क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको हो । लामो समयदेखि क्यानले कोरोना महामारीका कारण पुरुष तथा महिला खेलाडीका लागि प्रशिक्षणको चाँजोपाँचो मिलाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण खेलकूद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महिला खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त बीमा गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । रासस 

Cricket Association of Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x