नबिल बैंकको नाफा ३ अर्ब ५६ करोड

ज्ञानमाण्डू। नबिल बैंकको नाफा १५.८६ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

१० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले १ खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड १३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख ७२ हजार रुपैयाँ र संचित मुनाफा ३ अर्ब ४ कराेड २२ लाख ३७ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख ७५ हजार रुपैयाँ पुगेकाे छ ।
  
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.९७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ ५२ पैसा छ र मूल्य आम्दानी अनुपात २१.६६ गुणा छ ।

As on  31st Ashadh 2077 BS

विवरण
चाैथाे त्रैमास २०७६/७७
      (रू हजारमा)
चुक्ता पुँजी
रू १०,०९,७४,९७
निक्षेप संकलन
रू १,९०,८०,६४,७०
कर्जा लगानी
रू १,४८,२३,१३,८८
खुद ब्याज आम्दानी
रू ७,०२,०२,७५
नाफा/(नाेक्सान)
रू ३,५६,६६,७३
जगेडा कोष
रू १२,७६,९५,८७
संचित मुनाफा
रू ३,०४,२२,३७
निष्कृय कर्जा
०.९७%
प्रतिशेयर आम्दानी
३५ रुपैयाँ ३२ पैसा
प्रतिशेयर नेटवर्थ
२५५ रुपैयाँ ५२ पैसा
आम्दानी अनुपात
२१.६६ गुणा

Nabil Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x