पुग्यो सिलिचोङमा विद्युत

ज्ञानमाण्डू । अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो । 

विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा नं ५ याफुमा पहिलो चरण ६४ घरपरिवारमा विद्युत् बालिएको छ । याफुको वडा कार्यालयलगायतका चार सरकारी कार्यालय र अन्य ६० घरपरिवारमा विद्युत् बालिएको वडा नं ५ का अध्यक्ष ईश्वर कुलुङले जानकारी दिएका छन् । वडा नं ५ का ३३६ परिवारलाई लक्षित गरी विद्युत् विस्तार गरिएको छ । 

विद्युत् विस्तारको ठेक्का लिएको ठेकेदारले समयमा काम गर्न नसकेका कारण अन्य घरमा विद्युत् बाल्न ढिलो भएको उहाँले जानकारी दिएका छन् । बाँकी घरमा पनि विद्युत् पु¥याउन ठेकेदारलाई द्रुतगतिमा काम गर्न लगाइएको र आगामी दशैँसम्ममा विद्युत् बालीसक्ने योजना रहेको जनाइएको छ । 

याफुमा विद्युत् बाल्नका लागि सम्पूर्ण सामग्री चिचिला गाउँपालिकाको खेवाटारबाट बोकेर लगिएको थियो । श्रमदानले सामान याफुगाउँ पु¥याउन तीन वर्षमा करिब एक हजार ५०० दिन श्रमदानमा खट्नुपरेको स्थानीय युवा बुद्धिमान कुलुङले जानकारी दिनुभयो । खेवाटारबाट ट्रान्सफर्मर, विद्युत् पोल र तारलगायतका सम्पूर्ण सामान करिब नौ किलोमिटरको दूरीमा याफु पु¥याइएको उनले बताएका छन् । उनका अनुसार हाइटेन्सनको लाइन १३४, शाखा प्रसारण लाइनको पोल १५३, ट्रान्सफर्मर एक र तार १२ बण्डल श्रमदानले बोकेरै पु¥याइएको थियो । 

सिलिचोङ गाउँपालिका वडा नं ४ मांतेवामा पनि विद्युत् विस्तारको काम भइरहेको छ । यहाँ पनि पोल,तार तथा ट्रान्सफर्मरलगायतका सामान ढुवानी गर्ने काम भइरहेको वडाध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिनुभयो । वडा नं ४ मा पनि दशैँभित्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् बालीसक्ने योजना रहेको छ । वडा नं ४ र ५ मा चिचिला गाउँपालिकाको नामा गाउँबाट केन्द्रीय प्रसारण लाइन सिलिचोङ भित्र्याइएको हो । 

विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका सङ्खुवासभाको दुई स्थानीय तहहरुमध्ये सिलिचोङमा केन्द्रीय प्रसारण लाइन पुगेको हो । अब गाउँपालिकाभरि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् बाल्ने चरणबद्ध योजना रहेको प्राधिकरण खाँदबारी वितरण केन्द्रले जनाएको छ । यस वर्ष वडा नं ४ र ५ मा विद्युत् बालिएको र आगामी वर्षदेखि वडा नं ३, २ र १ मा पनि विद्युत् विस्तार गर्दै लैजाने प्राधिकरणको योजना छ । अहिले सिलिचोङको ४ र ५ वडाबाहेकका अन्य वडामा स्थानीय खोलाबाट सानो क्षमताको लघुजलविद्युत् उत्पादन गरेर उपभोग गरिँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x