उपत्यकामा थपिए २८ सङ्क्रमित

ज्ञानमाण्डू।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । 

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो । 

आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११-११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ-आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ-छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच-पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन-तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई-दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x