नेपाल इन्भेष्टमेण्ट बैङ्कको नाफा ४ अर्ब ८ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

nepal investment bank

ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेण्ट बैङ्कको नाफा १४.८३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैङ्कको निष्क्रिय कर्जा घट्दा नाफामा वृद्धि हुन टेवा पुगेको देखिन्छ ।

१८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्कले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब ६७ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढेर ५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा नेपाल इन्भेष्टमेण्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई ११.१३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.४७ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x