वाणिज्य बैंकको २९ ‘एक्स्टेन्शन काउन्टर’ सञ्चालन

ज्ञानमाण्डू।जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैङ्क सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोबार शुभारम्भ गरे ।

प्रजिअ गौतमले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैङ्क धाउनुपर्ने बाध्यता हटेको बताए । प्रजिअ गौतमले भने , “धरौटी तथा राजश्व कार्यालयमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।”

एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैङ्क सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । प्रबन्धक भट्टराईले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोबार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने बताए । 

वाणिज्य बैङ्कले हाल देशका सात वटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैङ्कका २०४ एटिएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ । बैङ्कले २०७६ पुस मसान्तसम्म रु १९५ अर्ब निक्षेप सङ्कलन गरी रु १४७ अर्ब कर्जा प्रवाह गरेको सो अवसरमा जानकारी दिइयो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x