शुभाघाट खानेपानी आयोजनाको २० प्रतिशत काम

ज्ञानमाण्डू।गुर्भाकोटवासीलाई खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शुभाघाट खानेपानी तथा सरसफाइ आयोजनाको २० प्रतिशत काम सकिएको छ । दुई वर्षमा नगरवासीलाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले गत असारदेखि आयोजनाको काम सुरु भएको हो । 

आयोजनाको जिम्मा पाएको आशिष सिएवी पेराजेवीले गत असारदेखि कामको शुरुआत गरेको आयोजनाका प्रोजेक्ट म्यानेजर वसन्त रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार अहिलेसम्म ३० किलोमिटरसम्म पाइप बिछ्याउने काम भएको छ । त्यसै गरी तीन लाख मिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भइरहेका छन् ।

रु ७१ करोड १३ लाख १८ हजार ६०० लागतमा निर्माण गर्ने गरी उक्त आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल सरकारको अनुदानबाट ४९ करोड सात लाख ९२ हजार, नगर विकास कोषबाट १७ करोड ७८ लाख २९ हजार रुपैयाँ आयोजनामा रहेको छ । आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताबाट तीन करोड ५५ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ । 

शुभाघाट खानेपानी उपभोक्ता समितिको तर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झौतामा हस्ताक्षर गरेका थिए । 

आयोजनाअन्तर्गत शुरुआतमा तीन हजार २५१ निजी धारा जडान गरिनेछ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात पानी पोखरी निर्माण गरिने छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न आयोजना सञ्चालन गरिएको नगरप्रमुख हस्त पुनले बताए । 

यसले गर्दा नगरमा समृद्धि हुने उपप्रमुख मैना विकले बताए । खानेपानी आयोजनाबाट नगर क्षेत्रका तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुने नगर उपप्रमुख विकले जानकारी दिए । भेरी नदीको सतहबाट साढे छ मिटर सतहमा पानी जम्मा गरी खानीडाँडामा पुर्‍याउने र त्यहाँबाट पानी वितरण गर्ने गरी काम अघि बढेको छ । भेरीको पानीलाई प्रशोधन गरेर गुणस्तरयुक्त पानी वितरण गरिने उनको भनाइ थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x