हात्तीगौँडामा कवर्डहल निर्माण हुने

ज्ञानमाण्डू।वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । 

प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोलीले कभर्डहल निर्माण क्षेत्रको मङ्गलबार स्थलगत अध्ययन तथा निरीक्षण गरेका थिए ।

सो अवसरमा मन्त्री दुलालले कवर्डहल निर्माणको योजना तत्काल कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा भक्तपुर वाग्मती प्रदेशको लागि मात्र नभई सिङ्गो मुलुकको लागि नै मार्गदर्शक भएको बताए । उनले प्रदेश सरकारले भक्तपुरको कुनै पनि जनमुखी योजनालाई यो वा त्यो बहानामा रोक्ने नभई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसँग आग्रह गरे ।

हात्तीगौँडामै सांसद बस्नेतले क्षेत्र विकास कोष (सांसद कोष)बाट रु ५० लाखको लागतमा फुटसललगायत विभिन्न खेलकूद क्षेत्र निर्माणको लागि शिलान्यास गरेका थिए । उक्त स्थानलाई पर्यटकीयस्थल तथा खेलकूद क्षेत्रको हबको रूपमा विकास गर्ने लक्ष्यका साथ सांसद बस्नेतले अघिल्लो वर्ष सांसद कोष तथा नगरपालिकाको साझेदारीमा फुटसलको निर्माण सम्पन्न भइसकेको छ ।

सांसद बस्नेतले भक्तपुरको आर्थिक समृद्धिको आधारको रूपमा खेलकूद क्षेत्रलाई विकास गर्ने लक्ष्यका साथ आफूले विभिन्न योजना ल्याएको जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x