एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खाता

ज्ञानमाण्डू।“बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको एन आई सी एसिया बैङ्कले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैङ्कले दिएको यो सर्वाधिक तथा अद्वितीय सुविधा साँच्चै चमत्कारिक छ ।


सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैङ्कको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज मात्रै उपलब्ध नभई बिमा सुविधा समेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्दती खातामा ग्राहकहरूले उच्च ब्याजदर सँगै तीन विभिन्न बिमा सुविधा पनि पाउन सक्ने छन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले जीवनमा आई पर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बिमा सुविधा पाउने छन् । यो बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा रु १० लाखसम्मको बिमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बिमा सुविधा समेत उपलब्ध छ । यसै गरी औषधी उपचार बिमा अन्तर्गत बैङ्कले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना बापत रु. ८० हजार सम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बिमा सेवाले ग्राहक वर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरू बापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।

एन आई सी एसिया बैङ्कमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैङ्कले लिएको छ । बैङ्कले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बिमा रकम प्राप्त गरी सकेका छन् ।

सामान्यतया: यदि ग्राहकवर्गले रु. २१ लाखसम्मको बिमा आफैले गर्न परेमा करिब १४,००० रुपैयाँ बराबरको बिमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैङ्क स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बिमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैङ्कले सम्झौता गरे अनुरूप बिमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहक वर्गलाई करिब रु. १४,००० को फाइदा पुग्नेछ ।

बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४५ एटिएम, १०३ वटा एक्सटेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम,जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा  बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x