माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुदैँ

ज्ञानमाण्डू।काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा मिति २०७६/१०/०५ गते सोमबार कुल १० खेल हुदैछन् । तेस्रो दिन लिग चरण अन्र्तगतका ६ खेल हुदैछन् जसमध्ये पहिलो खेलमा भारतिय राजदुताबासको टोली मेगा बैंक बिरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमनेसामने हुदैछन् । त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा बिकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् । 

यसै गरि मिति २०७६/११/४ गते दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो । दिनको तेश्रो खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो ।  माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो । त्यसैगरि चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । यता  छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । 

दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्यो । दिनको नवौं खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। दिनको दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x