थप तीन हजारमा कोरोना पुष्टिः ९२ हजार निको

ज्ञानमाण्डू।पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४२ पुगेको छ । 

देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९२ हजार १६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३०१ सङ्क्रमितको अतिसघन कक्ष तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा गौतमले बताए । प्रदेश नं १ मा ३५ सङ्क्रमित अतिसघन कक्षमा र ११ भेन्टिलेटरमा, प्रदेश नं २ मा १२ सङ्क्रमित अतिसघन कक्षमा, वाग्मतीमा १६६ सङ्क्रमित अतिसघन कक्षमा र ४६ भेन्टिलेटरमा, गण्डकीमा २० सङ्क्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, लुम्बिनीमा ५५ सङ्क्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, सुदूरपश्चिममा ६ सङ्क्रमित अतिसघन कक्ष र तीन भेन्टिलेटरमा तथा कर्णालीमा सात सङ्क्रमित अतिसघन कक्ष र दुई जनाको भेन्टिलेटरमा भइरहेको जनाइएको छ । 

हाल देशभर ३९ हजार ३४१ सक्रिय सङ्क्रमित छन् । छब्बीस हजार ४०८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । होम आइसोलेशनमा रहेका सङ्क्रमित प्रदेश नं १ मा चार हजार १२०, प्रदेश नं २ मा ८१४, वाग्मतीमा १६ हजार ७६५, गण्डकीमा ९३०, लुम्बिनीमा दुई हजार २८१, कर्णालीमा ८०८ तथा सुदूरपश्चिम प्रदेशमा ६९० छन् । हाल चार हजार ८३१ सङ्क्रमित क्वारेन्टिनमा छन् । 

यस्तै हालसम्म प्रदेश नं १ मा सात हजार ९३४, प्रदेश नं २ मा १५ हजार ५७०, वाग्मतीमा ४० हजार २४४, गण्डकीमा चार हजार ७८७, लुम्बिनीमा ११ हजार ८७६, कर्णालीमा तीन हजार ८६८ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ८८७ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

काठमाडौंँमा दुई हजार सङ्क्रमित: 

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६९८ कोरोना सङ्क्रमित थपिएको डा गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

१२ को मृत्यु:

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको छ । शनिबार पनि १२ सङ्क्रमितको मृत्यु भएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x