ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्ब १४ करोड

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैङ्क नेपाल लि. को २०७६ मङ्सिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।

ग्लोबल आइएमई बैङ्क लि. र जनता बैङ्क नेपाल लि. एक आपसमा गाभिई गत मङ्सिर २० गते देखि एकीकृत कारोबार सुरु भएको थियो। 

मर्जर पश्चात् ग्लोबल आइएमई बैङ्क पुँजी तथा व्यवसायकोहिसावले नेपालकै ठुलो तथा मजबुत बैङ्क बनेको छ ।  हाल बैङ्कको प्राथमिक पुँजी रु. २४ अर्व ८७ करोड, कुल पुँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ  ।

बैङ्कले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा सञ्जाल मार्फत १९ लाख भन्दा बढीग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैङ्कले२७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर र २४९ शाखा रहित बैङ्किङ सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x