जीर्ण भवनबाट प्रशिक्षण सञ्चालन

ज्ञानमाण्डू।नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र पुनः सञ्चालनमा आएपछि सेवा क्रमशः विस्तार हुँदै गएको छ । द्वन्द्वकालीन असुरक्षाका कारण केन्द्र बन्द भएको थियो । केन्द्र सञ्चालनमा आएसँगै अहिले कर्मचारीलाई विषयगत तालीसमेत दिन थालिएको छ । अहिलेसम्म सात पटक तालीम सम्पन्न गरेको र आठौँ पटकको तालीम सञ्चालनको तयारीमा रहेको केन्द्र प्रमुख चण्डीलाल चौधरीले जानकारी दिए । 

स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई तालीम दिने अधिकार केन्द्रलाई दिइएको छ । केन्द्रबाट तालीम लिनुभएका नायबसुब्बा अशोक खरेलले केन्द्र पुनः सञ्चालनमा आएपछि आफ्नै ठाउँमा नै तालीम पाउने अवसर सिर्जना भएकामा खुसी व्यक्त गरे ।

विसं २०२३ मा स्थापना भएको केन्द्रले विगतमा साविकका मध्य र सुदूरपश्चिमका २४ जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई तालीम दिँदै आएको थियो । अहिले प्रदेश नं ५ को १२ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, नायबसुब्बा र खरिदार तहका कर्मचारी, जिल्ला समन्वय समितिका जनप्रतिनिधि तथा कर्मचारीलाई सेवाकालीन र क्षमता वृद्धिको तालीम दिने गरी केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ । कर्मचारी दरबन्दीको अभावमा अहिले तालीम सञ्चालनमा ठुलो चुनौती रहेको उनले बताए । 

केन्द्र बन्द हुनुअघि साविकका गाउँ विकास समितिका सचिव भर्ना तथा छनोट गर्ने अधिकारसमेत लोकसेवा आयोगले दिएको थियो । अहिले उक्त अधिकार कटौती गरिएको छ । अहिले तालीम मात्रै सञ्चालन गर्ने अधिकार प्रदान गरिएको छ । करिब १६ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रको अधिकांश भवन मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा छन् । 

छ वटा भवन मर्मत गरेर सञ्चालनमा ल्याइए पनि अझै २९ भवन मर्मत गर्न बाँकी छ । एकै पटक १०० जनालाई तालीम दिन सक्ने र बासको व्यवस्थासमेत रहेको केन्द्रलाई अहिले ३० जनालाई तालीम दिने गरी सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले केन्द्रको क्षमतालाई क्रमशः बढाउँदै लैजाने नीति लिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x