मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु

ज्ञानमाण्डू।मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण सुरु भएको हो । 

सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो । अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताएका छन् । सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । 

सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको उनले जनाए । अहिले सडकको ट्रयाक खोल्ने काम सकिएको छ । उनले भने ,“मालवाहक सवारीसाधन सो सडकमा गुडिरहेका छन् ।” आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर मात्रै खानेपानी लैजानुपर्ने बताउँदै आएका थिए । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई लक्षित गरी सरकारले खानेपानीको व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेलगायतका काम सुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा समितिले स्थानीयवासीको माग सम्बोधनमा ध्यान दिएको हो । यसअघि नै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यहाँ कार्यरत कामदारको भुक्तानी गरिसकेको छ । इटालीको कम्पनी सिएमसीले भुक्तानी बाँकी कामदारमध्ये अधिकांश स्थानीयवासी नै छन् । अझैसम्म आपूर्ति कर्ताको भुक्तानी भने हुन बाँकी छ । आपूर्ति कताको भुक्तानी कति बाँकी छ भन्ने अध्ययन गर्न मन्त्रालयमा समिति गठन भएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x