एनएलजी इन्स्योरेन्सको नाफा १० करोड २९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ? | NLG Insurance


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको दाेस्राे त्रैमाससम्म आइपुग्दा एनएलजी इन्स्योरेन्सको खुद नाफामा घाटा भएकाे छ । यस अवधिमा खुद नाफा ३३.१५ प्रतिशतले घटेर १० करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा एनएलजी इन्स्योरेन्सले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० कराेड रुपैयाँ र जगेडा कोषको आकार १५ प्रतिशतले घटेर ३६ करोड ५९ लाख रुपैयाँमा पुगेकाे छ ।

कम्पनीको बिमा कोषको आकार भने १०.६ प्रतिशतले बढेर १ अर्ब ०७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ९७ करोड ३२ लाख रुपैयाँ थियो । त्यस्तै, इन्स्योरेन्सको महाविपत्ती कोष ३२.२१ प्रतिशतले घटेर ५ कराेड १२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २२.६२ प्रतिशतले घटेर ४२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष इन्स्योरेन्सले ५५ करोड २० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९२० काे आधारमा मूल्य आम्दानी अनुपात ५३.८९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x