परामर्श केन्द्र स्थापना

ज्ञानमाण्डू।लागु औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकामा कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । नेपाल प्रहरी र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिकाको हाताभित्र परामर्श केन्द्र स्थापना गरिएको हो । 

केन्द्रको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र प्रहरी महा निरीक्षक सर्वेन्द्र खनालले शनिवार संयुुक्तरुपमा उद्घाटन गरेका हुन् । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत केन्द्र स्थापना गरिएको हो । बढ्दो लागु औषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्नेछ । लागु औषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । 

केन्द्रको सञ्चालन गर्न व्यास नगरपालिका र नेपाल प्रहरीबिच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिलवाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले हस्ताक्षर गरेका छन् । 
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लागु औषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदाय स्तरमा नै सचेतना जगाउनु अहिलेको आवश्यकता रहेको बताए । 

प्रहरी महा निरीक्षक खनालले लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्नेको सङ्ख्या घटाउन समुदाय र विद्यालय स्तरबाटै अगाडि बढ्नुपर्नेमा जोड दिए। 

लागु औषध ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुर्व्यसनीमा फसेका नयाँ जीवन दिन केन्द्रले विज्ञहरूको उपस्थितिमा परामर्श दिने बताए । 

केन्द्र सञ्चालनका लागि व्यास नगरपालिकाले दुई वटा कोठा र परामर्शदाताका लागि पारिश्रमिक उपलब्ध गराएको छ । आगामी दिनमा उक्त परामर्श केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । पृथ्वीराजमार्गको ७२ किमी भाग ओगटेको तनहुँमा पनि प्रत्येक वर्ष लागु औषध प्रयोगकर्ता वृद्धि हुँदै गइरहेको प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ मा २७, ०७४/७५ मा ४० र ०७५/७६ मा ७० जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागु औषधको मुद्दा दोस्रो स्थानमा रहेको प्रहरीले जनाएको छ । 

गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा डेढ लाखदेखि दुई लाखसम्म लागु औषध प्रयोगकर्ता रहेका छन् । नेपाल प्रहरीले तनहुँमा स्थापना गरेको केन्द्र तेस्रो हो । यसअघि वीरगञ्ज र चितवनमा परामर्श केन्द्र स्थापना भइसकेको छ । 

स्थानीय तहलाई सम्मान: 

शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्यसाथ प्रादुर्भाव भएको समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा पुर्‍याएको योगदानस्वरुप प्रहरी प्रधान कार्यालयले जिल्लाका स्थानीय तहलाई सम्मान गरेको छ । समुदाय–प्रहरी साझेदारीका समिति निर्माण तथा समुदाय र विद्यालय केन्द्रित कार्यक्रमको कार्यान्वयनमा लिएको अग्रसरता उदाहरणीय रहेको जनाउँदै प्रहरीले स्थानीय तहलाई प्रशंसा पत्रले सम्मान गरेको हो । 

प्रहरी महा निरीक्षक खनालले व्यास नगरपालिकाका प्रमुख न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई प्रशंसा पत्र प्रदान गरेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x