चिकित्सक बनाउन गाउँपालिकाले लगानी गर्ने

ज्ञानमाण्डू।जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो । 

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । 

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरूबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम सुरु गरेको जनाएको छ । सात वटामा विभाजित पातारासी गाउँपालिकामा समुन्द्र सतहदेखि करिब तीन हजार २०० मिटरसम्मको उचाइमा रहेको छ । यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या रहेको छ । भौगोलिक रूपमा विकट र दुर्गम भए तापनि पातारासी गाउँपालिकाको पर्यटकीय, व्यावसायिक, वातावरणीयलगायत विभिन्न बहुआयामिक पक्षहरूबाट महत्त्वपूर्ण पहिचान रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x