'क' वर्गका बैंकहरु र अधिकार प्राप्त 'ख' वर्गका वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्रामा मुद्दती निक्षेप संकलन र परिचालन गर्न सक्ने

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकद्धारा जारी मौद्रिक नीति २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरुबाट कम्तिमा पनि २ वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्ने र त्यस्तो निक्षेपको शत प्रतिशत सम्म नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिने छ भन्ने  निती अनुरुप नेपाल राष्ट्र बैंकले २०७६/०५/१२ मा एक परिपत्र जारी गर्दै ने. रा. बैं.बाट इजाजतप्राप्त 'क' वर्गका बैंकहरु र विदेशी मुद्रामा निक्षेप संकलन गर्न अधिकार प्राप्त 'ख' वर्गका वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्रामा मुद्दती निक्षेप संकलन र परिचालन गर्ने सम्बन्धमा व्यवस्था गरेको छ ।

विदेशी मुद्रा मुद्दती निक्षेप कम्तीमा २ वर्ष अवधिको हुनु पर्ने, यस्तो खातामा विदेशी संस्थाहरु (वित्तीय संस्थाहरु समेत) तथा गैर आवासीय नेपालीहरु सहभागी हुन सक्ने, दुई वा दुई भन्दा बढी विदेशी संस्थाहरु वा गैर आवासीय नेपालीहरुको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने, गैर आवासीय नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्ने (खाता सञ्चालनको लागि सो परिचयपत्र नवीकरण भएको हुनुपर्ने), संस्थागत विदेशी निक्षेपकर्ताको हकमा यस प्रकारको खाता खोल्दा संस्थाको संचालक समितिले खाता खोल्ने सम्बन्धमा गरेको निर्णय समेत संलग्न गर्नुपर्ने र यस प्रकारको मुद्दती निक्षेप खाता अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरमा खोल्न सकिने कुरा जारी परिपत्रमा जनाइएको छ ।

त्यसै गरी विदेशी मुद्रामा संकलन गर्ने मुद्दती निक्षेपको रकम बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको रकम समेत गरी आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म मात्र संकलन गर्न सक्ने, मुद्दती निक्षेप खाताको व्याज प्रदान गर्ने प्रयोजनको लागि मात्र सम्बन्धित मुद्दती निक्षेपकर्ताको नाममा सोही मुद्रामा वचत खाता समेत खोल्न सक्ने, साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम प्राप्त भएको हो साेही देशमा निक्षेपकर्ताको नाममा खोलिएको खातामा मात्र फिर्ता भुक्तानी पठाउनु पर्ने तर विदेशी मुद्रा खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा रकमान्तर गर्न सकिने, मुद्दती निक्षेपमा पाकेको व्याज बैंक तथा वित्तीय संस्थाको नियमानुसार तथा साँवा रकम भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता भुक्तानी गर्नुपर्ने तर दुई वर्ष भन्दा बढी अवधिको भए दुई वर्ष विते पछि निक्षेपकर्ताले Premature गरी फिर्ता लैजान सक्ने, मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम प्राप्त गर्नुपर्ने, सो निक्षेप न्यूनतम अमेरिकी डलर १०,०००/- वा सो वरावरको यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर वा क्यानेडियन डलरमा संकलन गर्न सकिने, सो मुद्दती निक्षेपको नेपाली रुपैयाँमा हुने रकमको शतप्रतिशत रकमसम्म स्वदेशी मुद्रामा कर्जा लगानी गर्न सकिने कुरा समेत सो परिपत्रमा जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेप रकम प्राप्त भएको तथा सो को साँवा तथा व्याज फिर्ता भुक्तानी गरेको विवरण मासिक रुपमा महिना समाप्त भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने, खाता खोल्दा तथा सञ्चालन गर्दा ग्राहको स्पष्ट पहिचान कायम हुने गरी सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ लगायतका प्रचलित ऐन, नियम तथा सो अन्तर्गत जारी भएका निर्देशन, परिपत्र आदिमा भएका व्यवस्थाहरु पालना गर्नुपर्ने र सो खाता संचालन सम्बन्धी अन्य कुराहरु तोकिए बमोजिम हुने कुरा समेत सो परिपत्रमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x