जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताका पत्रकार सदस्यता नवीकरण नहुने

ज्ञानमाण्डू।नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान सुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ । 

शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासङ्घका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उनको भनाइ रह्यो । 

शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रूपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ । 

महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्क्रिय रहेका सदस्यलाई स्वेच्छिक रूपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ । 

निष्क्रिय सदस्यले स्वेच्छिक रूपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्ति पत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x