फोटो प्रतियोगिताको आवेदन खुला

ज्ञानमाण्डू। सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफूले खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुुरु भएको घोषणा गरेका छन् । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन् । प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक सुरज राजवाहकले पाँच वर्षदेखि कम्पनीले फोटो प्रतियोगितामा क्लबसँग सहकार्य गर्दै आएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x