तीनै तहका सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सके आर्थिक समृद्धि

ज्ञानमाण्डू।आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सकेमा आर्थिक समृद्धिका लागि देखिएको राजनीतिक इच्छाशक्ति पूरा हुने विश्वास व्यक्त गरेका छन् । चन्द्रौटा उद्योग बाणिज्य संघको आयोजनामा चन्द्रौटामा आयोजित महोत्सवको उद्घाटन सत्रलाई सोमबार प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

विश्वका विकसित मुलुकहरूले निजी क्षेत्रसंगको सहकार्यमा आर्थिक समृद्धि हासिल गरेको बताउँदै अध्यक्ष ढकालले निजी क्षेत्रले काम गर्ने वातावरणको निर्माणका लागि सरकारी संयन्त्रले निर्वाह गर्नुपर्ने भूमिका, कर प्रणालीमा सहजता तथा नयाँ काम शुरु गर्न व्यवसायीहरुलाई दिनुपर्ने इजाजतजस्ता विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x