महानगरमा पिउने पानी परियोजना सञ्चालन

ज्ञानमाण्डू।नगरवासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन विराटनगर महानगरपालिकाले पिउने पानी सुधार परियोजना सञ्चालन गर्न तयारी थालेको छ । दातृ निकाय जापानी सहयोग नियोग(जाइका)को सहयोगमा सो परियोजना सञ्चालनमा ल्याउने तयारी भएको हो । रु १० अर्व लागत लाग्ने अनुमान गरिएको परियोजनाबारे जाइका टोलीले अध्ययन सुरु गरेको छ । 

महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन ‘एक घर एक धारा अभियान’ सञ्चालनमा ल्याउने बताए अनुसार खाने पानी समस्याको दीर्घकालीन समाधान गर्न काम थालिएको महानगर प्रमुख भीमप्रसाद पराजुलीले जनाए । रु पाँच अर्व लागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिन नपाउँदै महानगरपालिकाले अर्को ठुलो परियोजना सञ्चालनको तयारी थालेको हो । 

महानगर प्रमुख पराजुलीका अनुसार महानगरपालिकाले आफ्नै स्रोतबाट समेत पिउने पानी सुधार अभियान थालिसकेको छ । महानगरको आन्तरिक स्रोतले मात्रै महानगरको खाने पानी समस्याको समाधान गर्न सम्भव नभएका कारण दातृ निकायसँग सहयोग मागिएको पराजुलीको भनाइ छ । 

पराजुलीले विराटनगरका १९ वटै वडामा शुद्ध खाने पानी उपलब्ध गराउन पिउने पानी सुधारको नयाँ परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । जाइकासँग विराटनगरको प्राथमिकताका आधारमा पहिलो चरणमा रु पाँच अर्वको आयोजना निर्माण गर्ने तयारी भइरहेको छ । उनका अनुसार महानगरपालिकाले थप ओभर हेड ट्याङ्की निर्माणका लागि समेत जग्गा उपलब्ध गराइसकेको छ । 

विराटनगरमा सञ्चालन भएका मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजना, सहरी विकास परियोजना, छ लेन सडक विस्तार आयोजना, सघन सहरी विकास आयोजनालगायत आयोजनाबाट विराटनगरको ढल, नाला तथा सडक निर्माणको काम भइरहेका छन् । ती आयोजनाले काम गरेका स्थानमा खानेपानीको पाइप लाइन छोपिएको, बिग्रिएको र कतिपय स्थानमा ढल तथा फोहोर पानीसमेत मिसिएका कारण धाराको पानी प्रदूषित भएकाले शुद्ध पिउने पानीका लागि उक्त योजना सुरु गरिएको महानगरपालिका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिए । 

विराटनगरमा ५० वर्ष पुराना पाइप लाइनबाट समेत खाने पानी वितरण भइरहेको छ । पुरानो र जीर्ण पाइप लाइनका कारण नेपाल खाने पानी संस्थान विराटनगरले वितरण गरेको खानेपानीमा छ वर्ष पहिलेदेखि नै समस्या देखिँदै आएको छ । प्रदूषित खानेपानीकै कारण छ वर्ष पहिले विराटनगरमा कमलपित्तले महामारीकै रूप लिएको थियो । प्रदूषित पानीका कारण १८ जनाले ज्यान गुमाएका थिए । त्यति बेला करिब चार हजार जनामा कमलपित्त देखिएको थियो । यसैले विराटनगरवासीले खाने पानी संस्थानको पानी पिउनसमेत छाडिसकेका छन् । विराटनगरका बहुसङ्ख्यक उपभोक्ताले चापाकलको पानी पिउने गरेका छन् । विराटनगरमा जार र बोतलको पानी पिउनेको सङ्ख्या पनि बढ्दो छ । धाराको पानी पिउन योग्य नभएपछि नगरवासी जार र बोतलको पानी पिउन बाध्य भएको विराटनगर २ का सुभाष कामतले बताए । 

विकास निर्माणका कामले खाने पानी प्रदूषित भएकाले महानगरमा वितरित खानेपानीको संरचना नै परिवर्तन गर्नुपर्ने अवस्था आएको महानगरपालिका सामाजिक विकास अधिकृत दाहालको भनाइ छ । दाहालका अनुसार महानगरका बहुसङ्ख्यक सडम निर्माणका क्रममा छन्, कतिपय निर्माण भइसकेका छन् । सडक निर्माणका क्रममा खानेपानीका सबैजसो पाइपलाइन काम नलाग्ने अवस्थामा पुगेका छन् । 

पुनः सडक भत्काउनुपर्ने:
महानगरका धेरैजसो कालोपत्रे सडकको बिच भागमा खानेपानीको पाइप लाइन पर्ने भएकाले धारा मर्मत गर्न र नयाँ धारा जडान गर्दा कालोपत्रे सडक नै भत्काउनुपर्ने अवस्था छ । सडक निर्माण भएपछि विराटनगरमा वितरण गरिएको खानेपानीको कुनै पनि पाइप काम लाग्ने अवस्थामा नभएकाले सबै पाइप फेर्ने तयारी गरिएको महानगर प्रमुख पराजुलीले बताए । खानेपानीको पाइप लाइन सडकका दुवैपट्टि विस्तार गर्ने योजनाअनुसार जाइकाले दुई महिनाअघिदेखि अध्ययन सुरु गरिसकेको पराजुलीको भनाइ छ । 

जाइकाले १० महिनाभित्र अध्ययन सक्ने छ । विराटनगरमा हाल कायम सबै सडकमा सडकको दुवैपट्टि खानेपानीको पाइप बिछ्याउन आवश्यक पाइप, खानेपानीको स्रोत सुधार, थप खाने पानी ट्याङ्की निर्माण र खाने पानी शुद्धीकरणलगायत लागि आवश्यक बजेटको विस्तृत विवरण अध्ययनपछि स्पष्ट हुने छ । 

पाइप फेरिँदै:
विराटनगरको तीनपैनीदेखि महानगरपालिका र तीनपैनीदेखि अस्पताल चोकसम्मको सडक खण्डको दुवैपट्टि खानेपानीको पाइप फेर्ने काम थालिएको छ । महानगरका सामाजिक विकास अधिकृत दाहालका अनुसार आन्तरिक स्रोतबाट महानगरपालिकाले खानेपानीको पाइप फेर्ने काम सुरु गरिसकेको हो । महानगरपालिकाका सबै सडकको दुवैपट्टि खानेपानीको पाइप राखिने भएकाले ढोका र परिसर बनाउने नगरवासीलाई महानगरपालिकाको अनुमति नलिई पर्खाल नलगाउन महानगरपालिकाले सचेत गराएको जनाएको छ । महानगरपालिकाको अनुमति नलिई पर्खाल लगाएमा खानेपानीको पाइप लाइन बनाउने बेलामा पर्खाल पुनः भत्काउनुपर्ने भएकाले महानगरको अनुमति नलिई नबनाउन सचेत गराएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x