राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आज देखि खुल्ला, क-कसले दिन पाउँछ आवेदन ?


ज्ञानमाण्डू। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेष्ठ २४ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता छ लाख (६,००,०००) तोकेको छ। सो कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार ७ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा असार २२ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले ग्लोबल आइएमई बैङ्ककाे छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट र यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह-निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x