मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाको कठिन जित

ज्ञानमाण्डू।च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधवार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाभिया प्राहालाई २–१ गोल अन्तरले हराएको छ । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो ।यता घरेलु टोली स्लाभिया प्राहाका लागि जान बोरिलले एक गोल फर्काएका थिए ।
खेलको तेस्रो मिनेटमा नै कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता लिन सफल भएको थियो । गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्दै कीर्तिमान राखेका छन् । मेस्सीकै गोल मार्फत बार्सिलोनाले खेलको पहिलो हाफसम्म अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा जान बोरिलले घरेलु टिमकालागि बराबरी गोल फर्काएका थिए ।त्यसको ७ मिनेट पश्चात् घरेलु टोलीका पिटर ओलायिन्काले आत्मघाती गोल गर्दै बार्सिलोनालाई  २–१ ले अघि बढ्न मद्दत पुर्‍याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोना २–१ ले विजयी भएको हो ।

जितसँगै बार्सिलोना समूह ‘एफ’ मा ३ खेलबाट ७ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित स्लाभिया प्राहा १ अङ्क जोडेर पुछारमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x