सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामनासँगै कोरोना सचेतना

ज्ञानमाण्डू। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह भइरहेको छ ।

मन्त्रीदेखि स्थानीय तहका नगरप्रमुख, स्थानीय प्रशासनका प्रमुखदेखि सर्वसाधारणले यतिबेला सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै कोरोनाबाट आफू बच्न र अरुलाई पनि बचाउन प्रेरणा दिने सूचनासमेत फैलाइरहेका छन् । आइतबार साँझ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले फेसबुकमा नयाँ वर्षको शुभकामना पोष्ट गरे ।

उनले पोष्ट गरेको आफ्नो तस्वीरसहितको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट आफू पनि बचौँ, मानव जातिलाई बचाउन योगदान दिन आग्रहसमेत गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा जुटिरहेका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी पनि सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना बाँड्दै सङ्क्रमण सम्बन्धि सचेतना फैलाइरहेको भेटिन्छ ।


त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शुभकामनासँगै कोरोना भाइरसबाट बच्न सबैसित आग्रहसहितको एसएमएस गरेका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि फेसबुकमा शुभकामना पोष्ट गर्दै लेखे, “कोभिड–१९ को खतरा मडारिरहेको बेला सुरक्षित रहनुहोस, नयाँ वर्षको शुभकामना ।”

अझ कतिपयले २०७७ साल कोरोना परास्त गर्ने वर्षका रुपमा मनाउन सबै एकजुट हुन आग्रहसमेत गरेको देखिन्छ । मुलुकभर महामारीका रुपमा फैलिएको सङ्क्रमणका कारण यस वर्ष नयाँ वर्षले रौनकता पाउन सकेन । त्यसैगरी सुदूरपश्चिममा नयाँ वर्षलाई विशु पर्वका रुपमा समेत मनाउने प्रचलन छ । “विशु मनाउन पनि धेरै सुदूरपश्चिमेलीहरु भारतलगायत अन्य मुलुकबाट घर फर्किएका छन्”, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले भने, “लकडाउन जारी रहँदा यहाँ पर्व मनाउन त पाइएन । दैनिक उपभोग्य सामान किनमेल गर्न पनि असहज परिस्थिति छ ।”

सुदूरपश्चिमका पहाडी जिल्लामा धुमधामसाथ मनाइने यो पर्व कोरोनाका कारण घरभित्रै मात्र मनाउन केही स्थानीय तहले आग्रहसमेत गरेका छन् । विशु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ । वर्षको अन्तिम दिन राति सेलपुरीलगायत अन्य मिष्ठान्न परिकार बनाएर खाने प्रचलन लामो समयदेखि रहिआएको छ । कामको सिलसिलामा बाहिर रहेकाहरू विशु मनाउन घर आउने गर्छन् ।

गर्मी र वर्षात्मा अनेक रोग तथा महामारी फैलन सक्ने भएका कारण यो पर्वले खानपान सावधानीको पर्वका रुपमा समेत यहाँ लिने गरिएको छ । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले नववर्षको शुभकमना दिँदै कोराना भाइरसविरुद्धको युद्ध जित्न सफल वर्षका रुपमा यो वर्ष स्थापित हुन सकोस भन्ने शुभकामनसमेत दिएका छन् । भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन पूर्णपालन गर्न, घर बाहिर ननिस्कन, घरभित्रै नयाँ वर्ष मनाउन आग्रहसमेत नगरप्रमुख वडले गरे ।

त्यसैगरी कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा दीपकप्रकाश भट्टले फेसबुकमार्फत कोरोना महामारीलाई पराजित गर्दै समृद्ध, सुरक्षित समाज निर्माणमा सबैलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा चारजनामा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उचार भइरहेको छ । आइतबार साँझसम्म दुई हजार ८६० जनाको स्वाब नमूना परीक्षण गरिएकामा चारजनाबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । हालसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट गरेर चार हजार ४१० जनाको नमूना परीक्षणका लागि लिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x