Point of Sales (POS) मेसिन मार्फत कारोवार गर्दा ग्राहकसंग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैक, भुक्तानी प्रणली विभागले मिति २०७६ साल भाद्र १९ गते एक निर्देशन जारी गर्दै सो बैकबाट भुक्तानी सेवा संचालन गर्न अनुमति प्राप्त बैक तथा वित्तीय संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट Point of Sale (POS) मसिन मार्फत गरिएको कारेवारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था मिलाउनु पर्ने र विद्युतीय माध्यमबाट हुने कारोवारको अनलाइन रिपोर्टिङ्ग गर्नुपने व्यवस्था गरेको छ । 

साथै नेपाल राष्ट्र बैक, भुक्तानी प्रणली विभागले कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुबाट Point of Sale (POS) मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको व्यहोराको  सूचना प्रकाशित गरी कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने बैक तथा वित्तीय संस्थामा सम्पर्क राख्न सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
50.00%
50.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x