१०.५२६ प्रतिशत लाभांश पारित गर्दै सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

surya life insurance 

ज्ञानमाण्डू। सूर्या लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बोनस शेयर जारी गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बताएको छ ।

त्यस्तै, कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत बनाउने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x