नारायण गोपाल युवा सङ्गीत पुरस्कार अविरल र मीनालाई

ज्ञानमाण्डू।यस वर्षको नारायण गोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मिना निरौलालाई प्रदान गरिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ । परिषद्ले आज आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली सङ्गीतका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरेको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायण गोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात...’, ‘लालु माई...’ तथा निरौलाले ‘काले दाइ काले दाइ...’, ‘ठमेल बजार...’ जस्ता गीत गाएका छन् । यो पुरस्कार हालसम्ममा ४६ जनालाई प्रदान गरिसकिएको संस्थाले जनाएको छ । 

यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोलले हात पार्न सफल भएका छन् । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रूपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही रु २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो । कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो। स्थापनाकालदेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको संस्थाले जनाएको छ । 

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए । युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरूको प्रतिभाको कदर गर्नुपर्नेमा उनले जोड दिए । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x