पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै

काठमाडौँ: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताउनुभएको छ । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताउनुभयो ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर शहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाउनुभयो । सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उहाँले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x