न्यु क्यासल युनाइटेडमाथि लेस्टरको ५ गोल

ज्ञानमाण्डू।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टरले घरेलु मैदानमा न्युक्यासल युनाईटेडलाई ५–० गोल अन्तरले हराएको छ । लेस्टरको जितमा जेमी भार्डीले दुई तथा रिकार्डाे पिरेरा र एलडिडिले एक-एक गोल गरे भने एक गोल उपहार स्वरूप पाएको थियो ।

खेलको १६औं मिनेटमा रिकार्डाेले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।न्युक्यासलका इसाक हेडनले ४३औं मिनेटमा रेफरीको रातो कार्ड पाए पश्चात् मैदानबाट बाहिरिए पछि टोली मात्र दश खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको ५४औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा न्युक्यासलका पउल डुम्मिटले आत्मघाती गोल गरेपछि लेस्टरले ३–० को अग्रता लिन सफल भयो । ६४औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टले खेलमा ४–० अग्रता बनायो । ९०औं मिनेटमा वेलफ्रेड एलडिडिले खेलको निर्णायक गोल गर्दै लेस्टरलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै लेस्टर ७ खेलबाट १४ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ । न्यु क्यास्टल ५ अङ्क जोडेर १९औं स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x