लिभरपुल नकआउट नजिक

ज्ञानमाण्डू।च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलवार राति भएको खेलामा साबिक विजेता लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ ले पराजित गर्दै नकआउट चरण नजिक पुगेको छ ।लिभरपुललाई जित दिलाउन जर्जिन्हो विज्नल्डम र अक्सलेड चेम्वरलेनले गोल गरे ।
खेलको १४औं मिनेटमा जर्जिन्हो विज्नल्डमको गोलबाट लिभरपुलले खेलमा सुरुवाती अग्रता लिएको थियो । ४१औं मिनेटमा पाहुना टोलीका एमवीवानाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

५३औं मिनेटमा अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा पुन अग्रता दिलाए ।त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो ।
जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ । यता  हारसँगै जेन्क १ अङ्कसहित पुछारमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x