बैङ्क अफ काठमाण्डूको नाफामा ५.२३ प्रतिशतकाे वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

Bank of Kathmandu Limited

ज्ञानमाण्डू। बैङ्क अफ काठमाण्डूकाे नाफा ५.२३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्क अफ काठमाण्डूले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ५ अर्ब ८९ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २३.६१ प्रतिशतले बढेर ४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा बैङ्क अफ काठमाण्डूले आफ्ना शेयरधनिहरूलाई १२.२४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.१८ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २२७.१० काे आधारमा मूल्य आम्दानी अनुपात १३.३२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x