प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाको सानदार जित

ज्ञानमाण्डू।प्रि–सिजनको मैत्रीपुर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकाल्न सफल भएको छ । शनिवार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई ४–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेज, एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेको योगदान रह्यो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल निकाल्न सफल रह्यो । स्वारेजले ४८ औ मिनेटमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै, यसै सिजन एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले ५६ औ मिनेटमा बार्सिलोनाको जर्सीमा पहिलो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । ६३औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x