मन्त्रीपरिषद्‌को बैठकको मुख्य निर्णयहरु सार्वजनिक(पूर्णपाठसहित)

ज्ञानमाण्डू। सरकारले साउन १६ गते बिहीबारको दिन मन्त्रिपरिषद् बैठकमा गरेका निर्णयहरू सार्वजनिक गरेको छ । आइतबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले झुठो विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको जनाएका छन् । यस्तै खुला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले एसियाली विकास बैङ्कबाट नेपालको सडक राजमार्ग सुधारका लागि करिब २१ अर्व ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले स्थानीय तहका रिक्त स्थानमा मसिंर १४ मै उपनिर्वाचन गराउने भएको छ । 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x