धितोपत्र बजारमा १.८२ अंकको वृद्धि, नेप्से परिसूचक २७३४.९४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८२ अंकले बढेर २७३४ दशमलव ९४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २८ अंकले घटेर ५१५ दशमलव २१ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह २ दशमलव ०८ अङ्कले बढ्दा विकास बैंक उपसमूह ४२ दशमलव ८१ अङ्कले, जलविद्युत उपसमूह २३.३७ अङ्कले, वित्त उपसमूह ३५.६८ अङ्कले, निर्जीवन बीमा ३६.२२ अङ्कले, उत्पादन उपसमूह २६.८२ अङ्कले, अन्य उपसमूह ५.४ अङ्कले, लघुवित्त उपसमूह ३.४१ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५५ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव २२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ३८ दशमलव ८३ अङ्कले र जीवन बीमा ६१.२५ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x