एनआईसी एशिया बैङ्कको नाफा ४ अर्ब ५२ कराेड, नाफामा ३९ प्रतिशतकाे वृद्धि


ज्ञानमाण्डू। एनआईसी एशिया बैङ्कको नाफा ३९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले ४ अर्ब ५२ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ८४ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले बढेर ११ अर्ब ७७ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब २४ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.४९ प्रतिशत र प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५२ पैसा र पछिल्लाे काराेबार मूल्य रू ७२२ काे आधारमा मूल्य आम्दानी अनुपात १८.४४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x