छिमेक लघुवित्तकाे नाफा ९५ करोड, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। छिमेक लघुवित्तको नाफा ५९.८९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले २१ अर्ब ८२ करोड १७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ४२ करोड २६ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ त्यस्तै छिमेक लघुवित्तले ६ अर्ब ३५ लाख ४ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २ अर्ब ९० करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

छिमेक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.९० प्रतिशतले बढेर १ अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.५५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६९ रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ र मूल्य आम्दानी अनुपात २५.५८  गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x